दोहोरो नागरिकता प्रकरण १५ सांसदको पद गुम्यो


Share This

नेपालबहस संवाददाता    

अस्ट्रेलिया । दोहोरो नागरिकता विषयमा अस्ट्रेलियाका १५ सांसदको पद गुमेको छ । बुधबार सर्वोच्च अदालतले सिनेटर केटी गालाघरलाई पदमा बस्न अयोग्य बताएसँगै थप चार सांसदले समेत पदबाट राजीनामा दिएका छन् ।

पछिल्लो एक वर्षयता अस्ट्रेलियाली राजीनीतिमा दोहोरो नागरिकताको विषयले ठूलो हलचल ल्याइदिएको छ । अस्ट्रेलियाली राजनीतिमा पेचिलो बनिरहेको दोहोरो नागरिकता प्रकरणमा बुधबार मात्र सांसदहरु सुसन ल्याम्ब, रेबेका सार्कि, जोन विल्सन र जस्टिन कि ले राजीनामा दिएका हुन् ।

अस्ट्रेलियाको संविधानको धारा ४४ अनुसार दोहोरो नागरिकता भएको व्यक्तिले सांसद पदका लागि योग्य नहुने प्रावधान राखेको छ । पद गुमाएका सांसदहरुमध्ये अधिकांशले अर्को देशको नागरिकता त्याग गरेको बताए पनि सर्वोच्च अदालतले उनीहरुको योग्यताबारे निर्णय गर्दै आएको छ ।

दोहोरो नागरिकता प्रकरणका कारण पद गुमाएकामध्ये सातजना प्रत्यक्ष निर्वाचनबाट निर्वाचित छन् भने अन्य सबै सिनेटरहरु हुन् । अदालतले दुईजना सांसदलाई भने सफाई दिएको थियो ।

अस्ट्रेलियाको तल्लो सदनमा १ सय ५० प्रत्यक्ष निर्वाचित सांसदहरु रहने व्यवस्था छ भने माथिल्लो सदन सिनेटमा ७६ सिनेटरहरु छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State