पश्चिमी एक सहरमा झडप ६ अफगान सुरक्षाकर्मी र आठ आतंककारीको मृत्यु


Share This


नेपालबहस संवाददाता    

काबुल । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको एक सहरमा भएको झडपमा परी छ जना अफगान सुरक्षा अधिकारीको मृत्यु भएको छ ।

सुरक्षा स्रोतले मङ्गलबार सो जानकारी दिएको छ । फराह सहरलाई नियन्त्रणमा लिने प्रयासमा स्थानीय समयाअनुसार मङ्गलबार मध्यराति २ बजे तालिबान आतंककारी समूहले आक्रमण गरेका सुरक्षा जानकारी दिएको छ ।

प्रारम्भिक समाचारअनुसार छ सुरक्षा अधिकारी मारिएका गृहमन्त्रालयका प्रवक्ताले स्थानीय समाचार संस्था टोलो समाचार समितिलाई जानकारी दिएको छ । एजेन्सी

तपाईको प्रतिक्रिया