दार्जिलिङबाट पर्यटक भागे


Share This

नेपालबहस संवाददाता    

२९ जेठ, काठमाडौं । दार्जिलिङमा जारी हड्ताल थप हिंसात्मक हुनसक्ने आशङ्काका कारण त्यहाँ पुगेका विदेशी एवम् भारतीय पर्यटक दार्जिलिङ छोड्न र भाग्न थालेको समाचार अन्तराष्ट्रिय समाचार माध्याममा आएका छन् ।

दार्जिलिङ घुम्न पुगेका पर्यटक सोही कारणले भाग्न लागेको समाचार केही दिनयतादेखि नै आएको थियो । हाल दार्जिलिङमा गोर्खाल्यान्डको आन्दोलन जारी रहेको छ ।

केही दिनयता जारी सो आन्दोलन नरोकिएकोले दार्जिलिङका रिसोर्टमा थप केही दिनका लागि बुकिङ् गरेर बसेका पर्यटकले पनि भ्रमण अवधि छोट्याउने र जतिसक्दो चाँडो दार्जिलिङ छोड्न लागेको समाचारमा जनाइएको छ ।
दार्जिलिङ्का हिल रिसोर्टहरु विदेशी पर्यटकका लागि निकै लोकप्रिय छन् । ती रिसोर्टमा विदेशी पर्यटक खचाखच रहेकोमा उनीहरुले बुकिङ रद्द गरेर भाग्नुपरेको बताएका छन् ।

त्यहाँ गोर्खा जनमुक्ति मोर्चाले सोमबारका लागि आम हड्तालको आयोजना गरेको छ । सो आन्दोलनमा सरकारले दमन गरेमा थप हिंसात्मक हुनसक्ने चेतावानी उनीहरुले दिएका छन् ।

सोही कारण उनीहरु त्यहाँबाट भाग्नुपरेको होटल व्यवसायीहरु जनाउँछन् । आन्दोलनकारीले गतहप्ता भएको यस्तै विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी कम्तीमा पनि १२ जनालाई नराम्ररी घाइते बनाएकोले अवको आन्दोलनमा आफूहरुले पनि हस्तक्षेप गर्ने जनाएका हुन् ।

एकजना होटल व्यवसायीले भनेका छन्– आइतबारसम्ममा दार्जिलिङबाट कम्तीमा पनि सात हजार पर्यटकले बुकिङ रद्द गराएका छन् ।

यसरी बुकिङ रद्द गराएका पर्यटक यहाँ नरहेका र दार्जिलिङ छोडेर भागिसेको एक प्रहरी अधिकारीले जानकारी दिए । एएफपी

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार