टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो : नारायणगढ–मुग्लिन सडक ठप्प !


Share This


नेपालबहस संवाददाता    65 Views

तीन चार बजेयता दुई तर्फी गाडी खुल्ने सम्भावना न्युन

रमेशकुमार पौडेल

चितवन । नारायणगढ–मुग्लिन सडकको टोपे खोलामा बुधबार बिहान फेरि ठुलो पहिरो गएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका सूचना अधिकारी इन्जिनियर शिव खनालका अनुसार बिहान पाँच बजे गएको पहिरोका कारण आज दिनभर यातायात प्रभावित हुने अवस्था छ ।

पहिरो सफा गर्न आज दिनभर लाग्ने उनले बताए । ‘अहिले गाडी ठप्पै छ । एक तर्फी खुलाउन पनि अझै तीन चार घण्टा लाग्छ । तीन चार बजेयता दुई तर्फी गाडी खुल्ने सम्भावना छैन’ सुचना अधिकारी खनालले भने ।

पहिरोका कारण सोमबार दिनभर बाटो अवरुद्ध थियो । हिजो पनि राम्रोसँग गाडी चल्न सकेको थिएन । राजधानी काठमाडौंको लाइफ लाइन यो सडक वर्षासँगै पहिरा आउँदा पटक पटक बन्द हुने गरेको छ ।

नारायणगढ मुग्लिन सडकलाई एसियाली मापदण्ड अनुरुपको दुई लेनको फराकिलो बनाउन ठाउँ ठाउँमा पहाड काटिएको छ । पहाड काटेको ठाउँमा पहिरो गएर सडक बन्द हुने गरेको हो ।

अघिल्ला वर्षहरुमा लगातार ४३ घण्टासम्म बाटो बन्द भएको थियो । यो वर्ष असार ११ गते सोमबार लगातार ११ घण्टा बाटो बन्द भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार