fbpx

विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै, नेपालमा बढ्दै


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । विश्वमै इन्टरनेट र टेलिफोन सेवा शुल्क घट्दै जाँदा नेपाली उपभोक्ता भने साउन १ देखि थप महँगो मूल्य तिर्न बाध्य भएका छन् ।

अन्य मुलुकमा इन्टरनेट सेवामा नयाँ प्रविधि र सस्तो मूल्य बनाउन प्रतिस्पर्धा चलिरहेका बेला नेपाल सरकारले भने यसलाई राजस्वको महत्त्वपूर्ण स्रोतका रुपमा हेरेको देखिन्छ । सरकारको यो कदमलाई विज्ञहरूले अन्तर्राष्ट्रिय प्रतिबद्धताविपरीत उल्टो बाटो हिँडेको भनेर टिप्पणी गरेका छन् ।

सरकारले यस वर्षको बजेटमार्फत दूरसञ्चार सेवा दस्तुर ‘टीएससी’ वृद्धि गरेपछि इन्टरनेट प्रदायक कम्पनी र दूरसञ्चार सेवा प्रदायकले साउन १ देखि मूल्य समायोजन गरेको बताएका छन् । यो मूल्य समायोजनसँगै मोबाइल डाटा प्याकसहित इन्टरनेट शुल्क १३ प्रतिशतले र टेलिफोन भ्वाइस कलको शुल्क दुई प्रतिशतले बढ्ने खबर सोमबारको नागरिक दैनिकमा प्रकाशित छ ।

यो पनि पढ्नुस

साउन १ गतेदेखि इन्टरनेट सेवा शुल्क १३ प्रतिशत, मारमा विद्यार्थी

साउन १ गतेबाट टेलिफोन र इन्टरनेट सेवा महंगिने

तपाईको प्रतिक्रिया