fbpx

नेपाली गाडीलाई भारतमा सहज प्रवेश


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । भारतमा अब नेपाली नम्बर प्लेटका गाडीले निर्वाध प्रवेश पाउने भएका छन् । नेपालको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र भारतको सक परिवहन तथा राजमार्ग मन्त्रालयका सहसचिवको नेतृत्वमा नयाँ दिल्लीमा भएको बैठकमा भारतीय पक्ष नेपाली नम्बर प्लेटका गाडीहरुलाई सहज ढंगले भारत प्रवेश र आवागमन गर्न अनुमति दिन सहमत भएको कान्तिपुर दैनिकमा खबर छ ।

सन् २०१४ मा भएको नेपाल–भारत मोटर भेहिकल सम्झौता अन्तर्गत संयुक्त कार्य समूहको शुक्रबार नयाँ दिल्लीमा सम्पन्न बैठकमा उक्त विषयमा सहमति जुटेको हो ।

नेपाली नम्बर पलेटका सवारीसाधनहरुले भारत प्रवेश गर्दा झन्झटिलो र लामो प्रक्रिया पूरा गर्ने बाध्यता रहेको हुँदा त्यसलाई भारतीय नम्बर प्लेटका सवारी साधनले नेपाल प्रवेश गर्दा पाएको जस्तो सुविधा उपलब्ध गराउन विगत लामो समयदेखि नेपाली पक्षले माग गर्दै आएको थियो ।

तपाईको प्रतिक्रिया