निर्मलाको हत्यामा सेनामाथि छानबिन हुने !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । १३ बर्षीया बालिका निर्मला पन्तको हत्यामा प्रहरी मात्रै नभई सेना समेत मुछिएको छ । उच्चस्तरीय छानबिन समितिले दिएको सुझावअनुसार निर्मलाको हत्या अनुसन्धान सैनिक अधिकारीमाथि पनि हुने भएको हो ।

घटनास्थल सेनाको २५ नम्बर बाहिनी नजिकै भएकाले घटनामा सैनिकको समेत संलग्नता हुन सक्ने आकलनमा यस्तो सुझाव दिइएको उल्लेख छ । ‘निर्मलाको शव भेटिएको स्थानबाट करिब ३ किलोमिटरको दूरीमा सेनाको बाहिनी छ ।

बलात्कारपछि घाँटीको कर्ड न्याकेर निर्मलाको हत्या भएको पोस्टमार्टम रिपोर्टमा खुलेको छ,’ छानबिन समितिका एक सदस्यलाई उद्धृत गर्दै समाचारमा लेखिएको छ, ‘तालिमप्राप्त व्यक्तिले यसरी हत्या गर्ने सम्भावना धेरै हुन्छ, त्यही आधारमा बाहिनीबाट त्यो दिन बाहिर निस्किएका सैनिकमाथि पनि अनुसन्धान गर्न सुझाव दिएका छौं ।’

नयाँ पत्रिकाबाट

तपाईको प्रतिक्रिया