fbpx

छोराछोरीको हत्यापछि परिवार नै विस्थापित !


Share This

नेपालबहस संवाददाता    

सुनसरी । अघिल्ला वर्ष त्यहाँ कुनै न कुनै बाली लहलहाउँथ्यो । तर अहिले पूरै बाँझो छ । भोजपुरको अरुण गाउँपालिका ३ प्याउलीको ६ रोपनी जग्गामा एक वर्षयता दूबोसिवाय केही देखिन्न । घर छ, त्यो पनि सुनसान ।

अघिल्लो वर्ष असारसम्म ५ जनाको परिवार हाँसीखुसी बस्थ्यो यहाँ । घरमूली खेतीपाती भ्याएर गाउँकै प्याउली बजारमा पसल गर्थे । तयारी पोसाक, शृंगारका सामान बेच्थे ।

परिवार रामै्रसँग धानेका थिए ३८ वर्षीय चेतनाथ फुयाँलले । पत्नी ३६ वर्षीया निर्मलाको भरथेग छँदै थियो । तीन सन्तानको भविष्य चम्काउने ध्याउन्नमा उनीहरूले आफ्नो खुसीलाई कहिल्यै महत्त्व दिएनन् । एकाएक उनीहरूको हाँसीखुसी जीवनलाई अन्धकारले छोप्यो ।

असार १० गते शनिबार । बिहान सधैंजसो चेतनाथ पसल जान तयार भए । छोराछोरीलाई पढ्न र गृहकार्य गर्न अह्राउँदै उनी घरबाट निस्किए ।

साढे ९ बजेतिर १४ वर्षीया छोरी सुुष्मा खाना लिएर पुगिन् । खाना खाएपछि छोरीलाई सम्झाए, ‘आफू पनि नुहाउनू, भाइलाई पनि नुहाइदिनू अनि पढेर बस्नू ।’ छोरीले चटपटे खान मन लागेको बताएपछि उनले गल्लाबाट झिकेर २० रुपैयाँ दिए ।

घटनापछि उनीहरूका छोराछोरीका सहपाठी पनि विस्थापित बनेका छन् । सँगै पढ्ने तथा माथिल्लो, तल्लो कक्षाका गरी ६ जना विद्यार्थी अन्यत्रै बसेर पढिरहेका छन् । सरु सापकोटा, युसन फुयाँल, निशा फुयाँललगायत विराटनगर र इटहरीस्थित आफन्तकहाँ बसेर पढ्छन् । गाउँमा बस्न नमानेपछि उनीहरूलाई अभिभावकले आफन्तको घरमा पठाएको चेतनाथका भाइ तेजप्रसाद फुयाँलले बताए । तिनका अभिभावक भने गाउँमै छन् ।

आफ्ना छोराछोरीको रहस्यमय मृत्युबारे सत्यतथ्य पत्ता लगाउन चेतनाथ राज्यको उपल्लो तहसम्म पुगे । भोजपुरै माइती भएकी राष्ट्रपति विद्यादेवी भण्डारीदेखि तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा, तत्कालीन गृहमन्त्री जनार्दन शर्मालगायतलाई भेटे । ‘

सबैले घटनाको गम्भीर अनुसन्धान गरी दोषी पत्ता लगाउने आश्वासन दिए,’ चेतनाथले भने, ‘क्षतिपूर्ति र राहत पनि दिने भने तर अहिलेसम्म केही भएको छैन ।’ यस्तो प्रवृत्तिले आफूहरूलाई झन् दुस्खी बनाएको उनले बताए ।

कान्तिपुर दैनिकबाट

तपाईको प्रतिक्रिया