मोदी–ओली एउटै पोसाकको रहस्य


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । जनकपुरमा प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीले लगाएको पोसाक मिल्नुमा संयोग थियोे कि आकस्मिकता ? शुक्रबार दिनभर ओलीको पोसाकको आलोचना भयो, तर कुरा बेग्लै थियो । एमाले नेता राजन भट्टराईका अनुसार मोदीले लगाएको पोसाक ओलीले पठाइदिएका थिए । हातले बुनेका दुवै नेताका मैथिली पोसाक काठमाडौंमै सिलाइएका थिए । भारतीय दूतावासले मोदीको शरीरको नाप उपलब्ध गराएको थियो । यस्तो प्रचलन अन्त पनि छ । चीनका राष्ट्रपति सी जिनपिङले गुजरात जाँदा लगाएको पोसाक मोदीको उपहार थियो ।

झन्डै १५ सय अर्ब बजेट भएको देशमा एक अर्ब ‘कनिका सहयोग’
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रदेश नं। २ सरकारलाई एक अर्ब सहयोग गर्ने घोषणा गरेका छन् । १२ बिघा मैदानमा प्रदेश सरकारको तर्पmबाट नागरिक अभिनन्दन ग्रहण गर्दै उनले यस्तो घोषणा गरेका हुन् । नेपालको वार्षिक बजेट नै १५ सय अर्बको छ । शक्तिशाली छिमेकीको एक अर्ब सहयोगको घोषणा कनिकाजस्तो देखिएको छ । नयाँ पत्रिका दैनिक

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार