मदिरा उत्पादन गरेको आरोपमा कुवेतमा ६ नेपाली पक्राउ


Share This


नेपालबहस संवाददाता    76 Views

काठमाडौं । कुवेत प्रहरीले गैरकानुनी रूपमा मदिरा उत्पादन गरेको आरोपमा ३ महिलासहित ६ नेपालीलाई पक्राउ गरेको छ । साद अल–अब्दुल्लाहा क्षेत्रमा बिक्री गर्न तयारी अवस्थाको २ सय ५० ब्यारेल तथा ९ सय ८० बोतल मदिरासहित उनीहरूलाई नियन्त्रणमा लिएको कुवेत प्रहरीले जनाएको छ ।

कुवेतमा मदिरा उत्पादन, सेवन र बिक्री गर्न नेपालीसहितका विदेशी कामदार गैरकानुनी रूपमा मदिरा उत्पादन तथा बिक्रीवितरणमा संलग्न हुँदै आएको पत्रकार महासंघ, कुवेत शाखाका अध्यक्ष हरिकृष्ण कार्कीले बताए । कुवेत सरकारले कुवेतमा मदिरा सेवन र बिक्री वितरणमै रोक लगाइएको छ, तैपनि लुकीछिपी बिक्री हुँदै आएको देखिन्छ ।

तपाईको प्रतिक्रिया