मिस नेपाल नर्थ अमेरिकाको सल्लाहकारमा जोली नियुक्त


Share This


नेपालबहस संवाददाता    72 Views

वाशिंगटन डीसी । आगामी अगस्त ११ तारिखका दिन बिश्व कै सम्राट राज्यमा हुने लागेको प्रथम मिस नेपाल नर्थ अमेरिकामा सयुक्त राष्ट्रसंघ यूवा सम्मेलनकि यूवा अध्यक्ष जोली अमात्य सल्लाहकारमा नियुक्त भएकी छिन् ।

राष्ट्र संघको इतिहासमै नेपाली समुदायको प्रतिनिधित्व गर्दै युवा अध्यक्ष पदमा पुग्ने कनिष्ठ तथा पहिलो नेपाली बन्न सफल बनेकी जोली अमात्य आयोजक समिति को सल्लाहकारमा रहेर काम गर्ने भएकी छिन् ।

साथै समितिमा काम गर्ने व्यक्तित्वहरु सकारात्मक र नयाँ कार्य गर्ने र परिणाममुखी देखेकोले यस समितिमा आफु जोडिन पुगेको बताइन ।अमात्यले अगाडी भनिन यो टोलीमा बसेर काम गर्न पाउँदा आफुलाई निकै गर्व लागेको छ।

जोलीले विश्व भरका तमाम यूवा वर्गको प्रतिनिधित्व गर्दै राष्ट्रसंघ यूवा सम्मेलनलाई सम्बोधन गरि सकेकी छिन् । जोलीले मिस नेपाल नर्थ अमेरिका टोलीले महिला सशक्तिकरण र लिङ्ग असमानताको मुद्दालाई मुख्य रुपमा प्रकाश पार्ने भएकोले आफू एक महिला पनि भएकोले अझ केहि गर्न सकिन्छ भन्ने हेतुले आफू आकर्षित भएको बताइन ।

अमात्य राष्ट्र संघ बाहेक उत्कृष्ट कार्यक्रम संचालक समेत हुन् भने उनले पटक पटक बिशेष कार्यक्रमहरु उद्घोष गर्ने गरेकी छिन् । न्युयोर्कको प्रसिद्ध कार्यक्रम स्थल मेलरोज बलरुममा मिस नेपाल नर्थ अमेरिका कार्यक्रम अगस्त ११ तारिख हुने भएको छ ।

संस्थाको तर्फ बाट सैलेश श्रेष्ठका अनुसार आगामी शनिबार १६ तारिख देखि धमाधम अडिसन लिने जानकारी गराएका छन् । र अहिले सम्म ३ दर्जनको निबेदन आएको र अझ यो क्रम बढ्ने श्रेष्ठले बताए ।

तपाईको प्रतिक्रिया