fbpx

यूएईले भिजिट भीषामा कडाइ गर्ने



नेपालबहस संवाददाता
 




काठमाडौं । भिजिट भीषामा प्रवेश गरेका विदेशी नागरिक गैरकानूनी रुपमा बसेको विश्लेषण गर्दै यूएईले भिजिट भीषामा कडाइ गर्ने भएको छ ।

हाल सकिएको आममाफीको समयमा धेरै विदेशी नागरिक भ्रमण तथा पर्यटक भीषामा गएर उक्त भीषा अवधि सकिएपछि पनि गैरकानूनी रूपमा बसिरहेको पाएपछि दुवै भीषामा कडाइ गर्ने तयारी गरेको गल्फ न्यूजले जनाएको छ ।

भ्रमण भीषामा गएर लुकीछिपी काममा लागे ५० हजार दिराम ‘करिब १ करोड ३० लाख रुपैयाँ’सम्म जरिवाना गर्ने बताइएको छ । भ्रमणको उद्देश्य राखेर भिजिट भीषामा पुगेका व्यक्तिहरू गैरकानूनी रुपमा काम मात्र नगरी विभिन्न आपराधिक गतिविधिमा पनि सहभागी भएको पाएपछि नियम कडा पारिएको बताइएको छ ।

यूएई सरकार भिजिट र टुरिष्ट भीषामा देश प्रवेश गर्नेहरू अधिकांश काम खोज्नेहरू नै रहेको निष्कर्षमा पुगेको र त्यसरी काम खोज्नेहरूलाई निश्चित रकम धरौटी राख्न लगाएर काम खोज्न ९० दिनदेखि १ सय ८० दिन सम्मको समय दिने योजना बनाइरहेको पनि बताइएको छ ।

त्यस्तै यूएईले घर फर्किन लागेका आफ्ना नागरिकहरूलाई फर्किने टिकट काटिदिन त्यहाँ रहेको विभिन्न देशका राजदूतावासहरूलाई पनि अनुरोध गरेको छ