समाजसेवी बद्रीनाथ झाद्वारा अपाङ्गलाई साईकल र कपडा सहयोग


Share This

नेपालबहस संवाददाता    

रौतहट । विदेशमा रहेपनि आफनो देशको असहायका सहारा महोत्तरीको सदरमुकाम जलेश्वर निवासी समाजसेवी बद्रीनाथ झा बनेका छन ।

११ वर्ष देखि दोहा कतारमा बस्दै आएका समाजसेवी बद्री झाले आफनो व्यक्तिगत तर्फबाट रौतहट क्षेत्र नं २ परोहा नगरपालिकाका वडा नं ७ खापको ३६ वर्षीय उपेन्द्र रामचमार दुबै खुट्टाबाट अपाङ्ग र उनकै कान्छो भाईको ११ वर्षीय छोरी मुस्कान राम पनि जन्मै देखि पूर्ण अपाङ्गसँगै लाटो समेत रहेकोले साईकल र कपडा सहयोग गरेका छन् ।

यो संस्था कतार नेपाल दुबै ठाँउबाट काम गर्दै आइ रहेको छ र संस्थाखुलेको ३ बर्ष भएको छ । कतारमा काम गर्ने आउने नेपाली कामदार, मेनपावरबाट ठगिएका ब्यक्तिलाइ टिकेट दिएर नेपाल फिर्ता गरेको र यहाँ मृत्यु भएको ब्यक्तिको कम्पनीसँग सहकार्य गरि शवलाई उनीहरुको परिवार जन समक्ष नेपाल फिर्ता गराउने काम संस्थाले गर्दै आएको छ ।

दोहाकतारको धेरै कम्पनीहरुमा नेपाली कामदारहरुले आफनो इमान्दारी साथ काम गर्दा पनि समयमा तलव नपाउने, पैसा नपाएर खान नसक्ने अवस्थामा पहल गरी तलव र यो संस्थाको तर्फबाट आर्थिक रकम सहयोग गर्ने गरेको बताए । गत बर्ष महाबिनाशकारी बाढी पस्दा सप्तरी,धनुषा र रौतहटका पीडितको लागिखाद्यान्न समाग्रीबितरण गरिएको थियो ।

बिहीवारका दिन रिपोर्टर्स क्लब नेपाल प्रदेश नं २ का कोषाध्यक्ष तथा मधेश प्रदेश अनलाईनका प्रकाश-सम्पादक अभिमनु कुमार पटेलले असहाय रामको घरमा पुगी उनीहरुको वास्तविक पीडा बारेमा आफनो फेसबुकमा स्टेटस राखेको थिए ।

सो असहाय रामले मेरो जीवनको एउटै सपना मैले चढने साईकलकहिले चढन पाउछु भने चाहना बताएपछि समावसेवी झाले पत्रकार अभिमनु पटेल मार्फत उपलब्ध गराएका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार