गैरआवासीय नेपाली संघ अध्यक्षमा कार्की र भट्टको उम्मेदवारी


Share This

नेपालबहस संवाददाता    

११ असोज, काठमाडौं । गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्(एनआरएन)को आगामी कार्यकाल (२०१७–०१९)का लागि अध्यक्षमा टिबी कार्कीले आफ्नो उम्मेदवारी घोषणा गरेका छन् ।

गैरआवासीय नेपाली संघ अन्तरराष्ट्रिय समन्वय परिषद्को छैटौँ विश्व सम्मेलनबाट उपाध्यक्षको जिम्मेवारी पूरा गरिसक्नुभएको कार्कीले सातौँ अधिवेशनमा अध्यक्षको प्रत्याशी रहने घोषणा गरेका छन् । एनआरएनएको अभियानमा निरन्तर सक्रिय कार्की सन् २००६ मा एनआरएनएएनसीसी कतारको कार्यसमिति सदस्य हुँदै २००७ देखि २००९ मा आइसिसी सदस्य र पाँचौँ विश्व सम्मेलन (२०११–२०१३)बाट सचिव पदमा रही रहनुभएको थियो । सन् २०१३–२०१५ को छैटौँ विश्व सम्मेलनमा उपाध्यक्षमा विजयी भएसँगै एनआरएनएलाई संस्थागत र मर्यादित मनाउन निरन्तर रुपमा सक्रिय कार्की हाल सल्लाहकार रहेका छन् ।

यसअघि अध्यक्षमा भवन भट्टले समेत उम्मेदवारी घोषणा गरिसकेका छन् । एनआरएनएआइसीसीको आसन्न विश्व सम्मेलन आगामी अक्टोबर १४ देखि १७ सम्म काठमाडौँमा हुने भएको छ । विश्वका ५७ राष्ट्रमा एनआरएनको विस्तार भइसकेको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State

सम्बन्धित समाचार