नेपाली महिलाको पोर्चुगलमा निधन


Share This

नेपालबहस संवाददाता    

लिस्बन । क्यान्सर रोगबाट पीडित एक नेपाली महिलाको पोर्चुगलमा निधन भएको छ । विगत लामो समयदेखि सपरिवार पोर्चुगल बस्दै आएकी पोखरा महानगरपालिका– १७ छोरेपाटनकी ३९ वर्षीया मिरा नेपालीको निधन भएको हो ।

नेपालीको उपचारका क्रममा बुधबार राति अस्पतालमा निधन भएको नारी समाज पोर्चुगलकी अध्यक्ष सिता बरालले दिए । मृतक नेपाली तीन वर्षदेखि क्यान्सर रोगबाट पीडित बनेकी थिइन् ।

उनका एक छोरा र एक छोरी छन् । मृतक नेपालीको शव हाल राजधानी लिस्बनस्थित साओ ज्वोय अस्पतालको शव गृहमा राखिएको छ । उनको पोर्चुगलमै हिन्दु परम्पराअनुसार दाहसंस्कार गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार