श्रममन्त्री गोकर्ण बिष्ट मोरक्को प्रस्थान !


Share This

नेपालबहस संवाददाता    

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट मोरक्कोमा आयोजना हुने सुरक्षित, व्यवस्थित र नियमित आप्रवासनका लागि विश्वव्यापी सम्झौता जिसिएम सम्मेलनमा सहभागी हुन साँझ त्यसतर्फ प्रस्थान गरेका छन ।

मोरक्कोको माराकेसमा यही मङ्सिर २४ र २५ गते हुने उक्त सम्मेलनमा उनले नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सहभागिता जनाउने श्रम मन्त्रालयले जनाएको छ ।

सम्मेलनमा नेपालका तर्फबाट मन्त्री विष्ट, श्रम मन्त्रालयका सचिव महेशप्रसाद दहाल र वैदेशिक रोजगार विभागका महानिर्देशक दिलीप चापागाईँले सहभागिता जनाउनेछन ।

उनी मङ्सिर २७ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया