मलेसियामा दुई नेपालीको मृत्यु


Share This

नेपालबहस संवाददाता    

मलेसिया । मलेसियामा कार्यरत दुई नेपाली कामदारको मृत्यु भएको छ । मलेसियाको बातु पहाडमा रहेको सिन कावाङ प्लाष्टिक कम्पनीमा रौतहटका सन्तोष यादव र ठेगाना नखुलेका चुरा दर्लामी मगरको मृत्यु भएको हो। हिजो बिहान रासायनिक ट्याङ्की सफा गर्ने क्रममा रसायनको गन्धले बेहोस भएका यादव ट्याङ्कीभित्र खसेका थिए ।

यादवलाई उद्धार गर्ने क्रममा मगर पनि बेहोस भएका थिए। रसायनको अत्याधिक असरका कारण श्वासप्रवास बन्द भएर उनीहरुको मृत्युभएको त्यही कम्पनीमा कार्यरत हिरालाल तामाङले जनाकारी दिए । कामदारको सुरक्षा हुनुपर्ने, मृत्यु भएकाका परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राख्दै कामदारले कम्पनीमा हडताल गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार