गणतन्त्र र उपलब्धिलाई उल्ट्याउने षडयन्त्र : गृहमन्त्री थापा


Share This

नेपालबहस संवाददाता    

चितवन । गृहमन्त्री रामबहादुर थापाले गणतन्त्र र अहिलेका उपलब्धि उल्ट्याउने र देशलाई स्थिर हुन नदिने षड्यन्त्र कायमै रहेको बताएका छन् ।

बिहीबार चितवनको सौराहामा आयोजित नेपाल राष्ट्रिय फोटो पत्रकार महासंघका जिल्ला अध्यक्षहरूको भेला उद्घाटन गर्दा मन्त्री थापाले सो कुरा बताएका हुन् ।

हिजोको जस्तो स्थिती पैदा गर्न गणतन्त्र र उपलब्धिलाई उल्ट्याउने षडयन्त्र कायमै रहेको मन्त्री थापाले बताए । फोटो पत्रकारहरू यस्ता गतिविधि चिर्न सफल हुनुपर्ने उनले बताएका छन् ।

भ्रष्टहरूको स्टिङ अप्रेशन गर्न उनले पत्रकारलाई अनुरोध गरे । श्रम नगरी अकुत सम्पति आर्जन गरेकाहरूलाई प्रहार गर्नु पर्ने उनले बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State