अर्थमन्त्रीको अभिब्यक्ति गैरजिम्म्वार : साँसद झाक्री


Share This


नेपालबहस संवाददाता    126 Views

काठमाडौँ । साँसद रामकुमार झाक्रीले अर्थमन्त्री युवराज खतिवडाको अभिब्यक्ति गैरजिम्मेवारपूर्ण रहेको बताएकी छन् ।संसदमा जारी बजेट माथिको छलफलमा बोल्ने क्रममा अर्थमन्त्री खतिवडाले बुधबार आफु ट्र्यापमा परेको भनेर दिएको अभिब्यक्तिलाई साँसद झाँक्रीले गैरजिम्मेवारपूर्ण भनेकी हुन्।

पदमा बसेका ब्यक्तिले यसरी आफु ट्र्यापमा परेकोु भन्नु गैरजिम्मेवार अभिब्यक्ति हो उनले भन्निन्, पदमा बस्ने व्यक्तिले आफुले गरेको कामको जिम्मेवारी लिन सक्नु पर्दछ। अर्थमन्त्री खतिवडाले बुधबारको पत्रकार सम्मेलनमा संसदभित्र साँसदहरुले राजनीतिक सहमति गरेर आफुलाई ट्र्यापमा परेकाु ले संसदीय क्षेत्रको विकासका लागि साँसदहरुलाई बजेट छुट्याउनु परेको बताएका थिए ।

आम जनताको तहमा बिकृत भएको भन्दै व्यापक विरोधका बाबजुद पनि मंगलबार प्रस्तुत गरिएको बजेटमा साँसदहरुलाई ४ करोड रुपैयाँका दरले बजेट बिनियोजन गरिएको छ ।संसदीय क्षेत्रका लागि साँसदले बजेट पाउनु पर्ने माग सबै साँसदको नभएको पनि उनले बताइन्।

तपाईको प्रतिक्रिया