हात्तीमा चढेर निकुञ्जको अवलोकन : गृहमन्त्री थापा


Share This


नेपालबहस संवाददाता    120 Views

काठमाडौँ । नेपाल फोटो पत्रकार महासंघको जिल्ला अध्यक्षहरुको राष्ट्रिय भेलालाई उद्घाटन गर्न चितवनको सौरहामा पुगेका गृहमन्त्री रामबहादुर थापाले निकुञ्जको अवलोकन गरेका छन् ।

नेपाल फोटो पत्रकार महासंघको पहिलो राष्ट्रिय भेला उद्घाटन गर्न चितवनको सौराहामा पुगेका गृहमन्त्री थापा बिहीबार बिहान हात्तीमा सफारी गरी निकुञ्जको अवलोकन गरेको बताइएको छ ।

नेपालमा पर्यटनको व्यवसाय फस्टाउन हात्ती सफारीले पनि एक महत्वपूर्ण भूमिका खेलेको करिव आधि घण्टा सुरक्षाकर्मि सहित सफारी गरेका गृहमन्त्री थापाले बताए । यसै बिच उनले हात्ती सफारीका माउतेहरुलाई क्रियाशील हुन आग्रह गरे ।

गृहमन्त्री रामबहादुर थापा बिहीबार बिहान हात्ती चढेर चितवन राष्ट्रिय निकुञ्जको अवलोकन गर्दै

उनले तिनीहरुको फोटो खलनायकको रुपमा र विकास विरोधीको रुपमा अगाडि ल्याउनु जरुरी रहेको जिकिर गर्नुभयो । चितवनको सौराहामा जारी भेलाले आजै फोटो पत्रकारको विषयमा सौराहा घोषणापत्र सार्वजनिक गर्ने महासंघका कोषाध्यक्ष रत्न श्रेष्ठले जानकारी दिए ।

तपाईको प्रतिक्रिया