सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने : प्रधानमन्त्री ओली


Share This


नेपालबहस संवाददाता    64 Views

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीको पारस्परिक सहिष्णुता र विश्वासलाई विकास र समृद्धिसँग जोड्नु पर्ने बताएका छन् ।

नुवाकोटको ककनीमा बिहीबार स्काउटको तेस्रो जम्बोरीको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सरकार सुशासन र विकासको बाटोमा लागेकोले यसमा सबैको सहयोग हुनुपर्ने बताए ।

प्रधानमन्त्री ओलीले सरकारले बालबालिका, युवा तथा विद्यार्थीहरुको हितमा काम गर्ने बताए । २०२४र०२५ सालतिर आफू पनि स्काउटको सदस्य भएको स्मरण गर्दै प्रधानमन्त्री ओलीले भने, ‘स्काउटको पूर्व सदस्य देशको प्रधानमन्त्री हुनसक्ने रहेछ । अहिलेका स्काउटले पनि भविष्यमा देश हाँक्न सक्छन् भन्ने मेरो विश्वास छ ।’ प्रधानमन्त्री ओलीले देशलाई केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा अघि बढाइने समेत बताए ।

‘नेपाललाई अब गरिब देश होइन केही बर्षभित्रै सम्पन्न राष्ट्रको रुपमा पहिचान गराउदैछौं’, प्रधानमन्त्री ओलीले भने । नेपाल जीवनमय देश भएकोले यसलाई सुखी नेपाली बस्ने देशको रुपमा चिनाउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

प्रधानमन्त्री ओलीले नेपाल स्काउटको जग्गालाई गलत ढंगले प्रयोग गर्न वा अतिक्रमण हुन नदिने प्रतिवद्धता पजि व्यक्त गरे । जम्बोरीमा भाग लिन नेपाल सहित भारत, भुटान, बंगलादेशबाट सहभागीहरु आएका छन् ।

तपाईको प्रतिक्रिया