तरुण दलका क्षेत्रीय सभापति मन्दु लिम्बु पक्राउ


Share This


नेपालबहस संवाददाता    91 Views

काठमाडौं । इलाका प्रहरी कार्यालय, इटहरीले तरुण दलका क्षेत्रीय सभापति मन्द लिम्बुलाई पक्राउ गरेको छ । घरायसी विवादमा भाउजुलाई धाकधम्की दिएको जाहेरी परेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।

डिएसपी शिवकुमार श्रेष्ठले परिवारबाटै आएको जाहेरीको आधारमा उनलाई नियन्त्रणमा लिइएको बताए । यसअघि तरुण दल सुनसरीका सभापति सिजन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

उनलाई गुण्डागर्दीको आरोपमा पक्राउ गरी सार्वजनिक अपराध ऐन अन्तगरत म्याद थप गरेर अनुसन्धान जारी छ । उनको रिहाइको माग गर्दै नेपाली कांग्रेस र तरुण दलले आन्दोलन समेत गरेका थिए ।

तपाईको प्रतिक्रिया