नेकपा झापाका कार्यालय सचिव अधिकारीको निधन


Share This

नेपालबहस संवाददाता    

झापा । नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति झापाका कार्यालय सचिव चुडेन्द्र अधिकारीको आज बिहान करीब १ः३० बजे निधन भएको छ ।

भद्रपुर–१० स्थित लेखनाथ चोक निवासी ५८ वर्षीय अधिकारीको हृदयघातका कारण निधन भएको हो । बिहान एक्कासि छाती दुखेपछि अधिकारीलाई उपचारका लागि बीएण्डसी हस्पिटल बिर्तामोड पु¥याइएको थियो । हस्पिटल पुग्नासाथ चिकित्सकले उनलाई मृत घोषित गरेको पारिवारिक स्रोतले जनाएको छ ।

अधिकारी बिर्तामोडस्थित महानन्दचोकमा बस्दै आउनुभएको थियो । अधिकारी तत्कालीन माओवादी केन्द्रको विगत १० वर्षदेखि कार्यालय सचिव रहनुभएको थियो । अधिकारीका श्रीमती, दुई छोरा र एक छोरी छन् ।

शालीन, भद्र र मिलनसार स्वभावका अधिकारी पार्टीमा ‘काका’ उपनामबाट परिचित थिए । अधिकारीको आज दिउँसो १ बजे कनकाई नदीमा दाहसंस्कार गरिने नेकपा झापाले जनाएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State