दलित भएकैले डेरा नपाएको सांसदको गुनासो !


Share This


नेपालबहस संवाददाता    65 Views

काठमाडौं । संघीय समाजवादी फोरमकी सांसद कलुदेवी विश्वकर्माले आफुले दलित भएकै कारण राजधानीमा एक महिनादेखि डेरा नपाएको गुनासो गरेकी छिन् ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विशेष समय लिएर बोल्दै सांसद विश्वकर्माले केन्द्रीय राजधानीमै दलितप्रति ठुलो भेदभाव रहेको र त्यही कारण आफुले एक महिनादेखि डेरा पाउन नसकेको बैठकमा विशेष समय लिएर बताईन ।

हामीले डेरा खोजेको एक महिना पुरा भयो दिलत भएकै कारण पाउन सकेका छैनौँ । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया