विवेकशील साझालाई झट्का, संयोजकसहित १५ जना नेकपामा प्रवेश


Share This


नेपालबहस संवाददाता    74 Views

पर्सा। विवेकशील साझा पार्टीका पर्सा जिल्ला संयोजकसहित १५ जना नेता कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टीमा प्रवेश गरेका छन् । नेकपामा प्रवेश गरेका रामकुमार पाण्डेसहितका कार्यकताहरुलाई मंगलबार नेकपाका अध्यक्ष पुष्पकमल दाहालले खुमलटारस्थित निवासबाट पार्टी प्रवेश गराएका हुन् ।

विवेकशील साझा पार्टीको केन्द्रले पर्सा जिल्लालाई ध्यान नदिँदा उनीहरु निराश थिए । आइतबार संयोजक पाण्डेसहितको बैठकले केन्द्रले ध्यान नदिएकाले निष्क्रिय बस्न बाध्य भएको निष्कर्ष निकालेको थियो , दैनिक नेपालबाट

तपाईको प्रतिक्रिया