राजपा अध्यक्ष मण्डलको बैठक बस्दै


Share This


नेपालबहस संवाददाता    76 Views

काठमाडौं । मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल गर्न राष्ट्रिय जनता पार्टी नेपालको अध्यक्षमण्डलको बैठक बस्दैछ ।

बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने बैठकमा सरकारको पार्टीको आन्तरिक विषयमा छलफल हुने अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले बताए ।

पार्टीभित्रको आन्तरिक संगठन र समग्र राजनीतिक विषयमा छलफल हुने यादवले बताए । राजपाले केन्द्रीय सरकारको कामकारबाही र भावी योजनाका विषयमा समेत छलफल अगाडि बढाउने तयारी गरेको छ ।

बैठकमा प्रदेश २ को सरकारका साथै बजेट विषयमा पनि समीक्षा हुनेछ । राजपा नेपालले बजेटप्रति असन्तुष्टि जनाउँदै आएको छ । बैठक अहिले केही बेरमा बस्दै छ ।

तपाईको प्रतिक्रिया