जथाभावी फोहोर नफाल्न वन तथा वातावरणमन्त्री बस्नेतको चेतावनी


Share This


नेपालबहस संवाददाता    265 Views

काठमाडौं । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले बाणिज्य बैंक र बीमा संस्थानलाई जथाभावी फोहोर नफाल्न चेतावनी दिएका छन् । विश्व वाताबरण दिवसका अवसरमा बुधबार राजधानीमा भएको सरसफाई कार्यक्रममा मन्त्री बस्नेतले यस्तो चेतावनी दिएका हुन् ।

हजारौंको संख्यामा स्वयंसेवकहरु सहभागी कार्यक्रम टुँडिखेल अगाडिबाट सुरु भएर भद्रकाली, सिंहदरबार पश्चिम गेट, माइतीघर, बबरमहल, नेपाल आयल निगम हुँदै अनन्नपुर्ण न्युरो अस्पताल अगाडि पुगेर समापन भएको थियो ।

‘वी लभ यु फाउण्डेशन नामक फाउण्डेशनले आयोजना गरेको सरसफाई कार्यक्रमको मन्त्री बस्नेत स्वयंले नेतृत्व गरेका थिए । मुखमा माक्र्स र हातमा कुचो लिएका मन्त्री आफैं सरसफाइमा सहभागी भएका थिए ।

तपाईको प्रतिक्रिया