जो सुकै होस कारबाही हुन्छ : गृहमन्त्री थापा


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गृहमन्त्री रामबहादुर थापा बादलले सुशासन कायम गर्न सरकार प्रतिवद्ध रहेको बताएका छन् । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री थापाले छोटो अवधिमा विकास र संवृद्धि हासिल गर्न सुशासन आवश्यक भएको बताए ।

गृहमन्त्री थापाले तस्करी, ठगीलाई नियन्त्रणमा आफू गम्भीर रहेको बताए । यतायातको क्षेत्रको सिन्डिकेट, तस्करीलाई निस्तेज गर्न ठोस कदम, सुन तस्करी र हुन्डि कारोबार, माफियातन्त्रलाई तोड्ने ठोस कदम लगायतको काम गृहन्त्रालयले गरेको पत्रकारसम्मेलनमा गृहमन्त्रीले दाबी गरे । उनले वैदेशीक रोजगारीमा ठगी गर्ने विरुद्ध ठोस कदम चालिएको बताए ।

गृहमन्त्री थापाले ठेक्का लिएर काम पूरा नगर्ने ठेकेदारलाई नछाड्ने चेतावनी दिए । ‘पूर्वाधार निर्माणको काम दिएको कयौं ठेक्का पुरा भएको छैन’ मन्त्री थापाले भने ‘ठेकेदारहरु जसले सयममा काम पुरा गर्दैनन् त्यसलाई कारबाही गरिन्छ ।’ गृहमन्त्री थापाले ५ सय परियोजना मध्ये तीन सय भन्दा धेरै अलपत्र छोडिएको बताए ।

प्रचण्डको घरबेटीले ठेक्का लिएको काम समयमा पुरा नगरेको भन्दै पत्रकारले कारबाही गर्नुहुन्छ कि हन्न भन्दै गृहमन्त्रीलाई प्रश्न गरेका थिए ।जवाफमा गृहन्त्री थापाले भने‘घरधनी, सांसद होस् वा ठूलै नेता किन नहोस्, कानून नमान्ने र राज्यलाई धोका दिए कारबाही हुन्छ ।’ नेकपाका अध्यक्ष प्रचण्डका घरबेटी शारदाप्रसाद अधिकारी हुन् उनले लिएका ठेक्का कयौ‌ काम समयमा गरेका छैनन् ।

गृहमन्त्री थापाले निर्माण क्षेत्रमा हुने भ्रष्टाचारलाई सहन नसकिने बताए । सडक र भौतिक मन्त्रालयसँग तालमेल गरेर विकासका कामलाई समयमा पुरा गर्ने गृहमन्त्री थापाको भनाइ थियो ।

तपाईको प्रतिक्रिया
Road Show Real State