जनता-मेयर, आमने-सामने कार्यक्रम सम्पन्न


Share This

नेपालबहस संवाददाता    

वीरगंज । जनता-मेयर, आमने-सामने कार्यक्रमको चौथो शृंखला शुक्रबार वीरगंज महानगरपालिकाको वडा नं. २६ सुगौलिविर्तामा सम्पन्न भएको छ ।

वडा-वडामा पुगेर जनता संग प्रत्यक्ष भेटघाट गरि समस्या बुझ्न नगर प्रमुख विजय कुमार सरावगीले उक्त कार्यक्रम सुरु गरेको बताएका छन् ।सुगौलीको मुख्य चोकमा आयोजित जनता-मेयर,आमने-सामने कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख सरावगीले विगत २० वर्ष देखि स्थानीय तहहरु जनप्रतिनिधि विहिन रहेको हुनाले मधेसको अपेक्षित विकास हुननसकेको बताए ।

उनले निर्वाचन भन्दा पहिला आफुले वाचा गरे अनुरुप आफुले जनता संग प्रत्यक्ष भेटघाट गर्न उद्द्येश्यले जनता(मेयर(आमने(सामने कार्यक्रम सुरु गरेको बताए । नगर प्रमुख सरावगीले उपस्थित सबै संग आफ्नो सन्तान संग कुनै विभेद नगरी शिक्षा प्रदान गर्न अनुरोध गर्दै छोरी र छोरा बीच भेदभाव नगरी हामीले आफ्नो छोरीलाई पनि छोरा सरह शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् ।

जनता मेयर आमने सामने कार्यक्रममा बोल्दै उनले ग्रामिण क्षेत्रहरुको विकास छिटो र दिर्घकालिन रुपमा सम्मपन्न गर्न अर्धविकसित वडाका लागि ५० देखि ६० लाख रुपैया र विकसित वडाका लागि ३५ लाख रुपैया सम्म बजेट छुट्याएको बताए ।

कृषि योग्य तथा वृक्षारोपण भु भाग जग्गामा लाग्ने कर मध्ये ९० महानगरपालिकाले छुट दिने कार्य वीरगंज महानगरपालिकले मात्रै लागु गरेको बताउदै बाँझो जग्गा राख्नेलाई २०० प्रतिसत जरिवाना गरिने बताए ।

तपाईको प्रतिक्रिया
Road Show Real State