कार्यकारी राष्ट्रपतिमा अलमल्ल गर्नु हुन्न : दाहाल


Share This


नेपालबहस संवाददाता    129 Views

मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरु संग कुराकानी गर्दै कार्यकारी राष्ट्रपतिको विषयमा अहिले अल्मलिने बेला नभएको बताएका छन् ।

दाहालले अहिलेको स्थिर सरकारले मुलुकको विकास, समृद्धि र सुशासन कायम गर्ने बेला भएको हुनाले कार्यकारी राष्ट्रपतिको एजेण्डा आउँदो निर्वाचनका बेलामा छलफल हुन सक्ने बताएका छन् । सत्य निरुपण तथा मेलमिलाप आयोगले शान्ति प्रकृयासँग सम्बन्धित बाँकी काम पूरा गर्नु पर्ने उनले बताए ।

निर्माण कम्पनीहरुले समयमा गुणस्तरीय काम गर्न एकाधिकार कायम भएका क्षेत्रहरुको एकाधिकार तोड्नका लागि गृहमन्त्रीलाई आग्रह गरेको अध्यक्ष दाहालले बताए। अन्तर्राष्ट्रिय बजारमा भएको मूल्य वृद्धिलाई समायोजन गर्दा महंगी बढेको उनले दाबी गरेका छन्।

राष्ट्रिय जनता पार्टीलाई सरकारमा सहभागी गराउने बारे एकचरण छलफल भएको र अब पूनस् छलफल हुने दाहालले बताए। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमसँग पार्टी एकीकरणको विषयमा छलफल भएको तर अहिले तत्काल त्यसको संभावना नभएको उनले सुनाए।

प्रदेश २ मा अहिले नै तत्काल बामपन्थी सरकार बनाउनु भन्दा सुशासन र विकासमा लग्ने पहिलो प्राथमिकता भएको दाहालले बताए।

तपाईको प्रतिक्रिया