असार १ गते उत्पादनमुखी बजेट ल्याउने : मुख्यमन्त्री शाही


Share This

नेपालबहस संवाददाता    

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आव २०७५र ७६ का लागि असार १ गते उत्पादनमुखी बजेट ल्याउने बताएका छन् ।

प्रत्येक महिनामा पत्रकारहरुसँग गरिने ‘नियमित भेटघाट’ कार्यक्रमका क्रममा मुख्यमन्त्री शाहीले प्रदेश सरकारले वितरणमुखी नभई उत्पादनमुखी बजेट ल्याउने बताए । उनले कृषि योग्य जमीन, उत्पादित वस्तुको पहिचान र जडीबुटीको यकिन तथ्याँक संकलन गर्ने भन्दै विद्युत् उत्पादनको सम्भाव्यता अध्ययन गरी स्रोतको खोजी गरिने बताए ।

यही जेठ २६ गते प्रदेश सरकारबाट नीति तथा कार्यक्रम प्रस्तुत भइसकेको छ । लामो समयदेखि पारिश्रमिक, सेवा तथा सुविधा नलिई प्रदेश सरकारको सार्वजनिक पद धारण गरी काम गर्दै आएका सबैलाई संघीय सरकारले पठाएको मस्यौदाको आधारमा हालका लागि पारिश्रमिक, सेवा तथा सुविधा उपलब्ध गराइने उनले बताए ।

हालसम्म संघीय सरकारको अनुमतिमै काम गर्नु पर्दा प्रदेश सरकारले आफ्ना कुनै पनि संयन्त्र परिचालन गर्न नपाएको उनको गुनासो थियो ।एक फरक प्रसंगमा मुख्यमन्त्री शाहीले उच्च शिक्षाका लागि यो प्रदेशका पाँच पत्रकारलाई प्रदेश सरकारले पढाउन विदेश पठाउने वचन दिए । उनका अनुसार पत्रकारका लागि अन्तरप्रदेशीय भ्रमण कार्यक्रम पनि राखिनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State