शुक्रबारभित्र सांसद चौधरीको शपथ भए राजपा सरकारमा जाने


Share This


नेपालबहस संवाददाता    67 Views

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव केशव झाले आफ्नो पार्टी बढीमा एक साताभित्रै सरकारमा सहभागी हुने बताएका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारले संविधान संशोधनमा प्रतिबद्धता जनाईसकेकोले अब आफ्ना पार्टीका सांसद रेशमलाल चौधरीको सपथग्रहणको वातावरण बन्नेवित्तिकै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए ।

नेता झाले यही आउने बिहीबार वा शुक्रबार नै राजपा सांसद चौधरीको सपथग्रहण भए त्यसको एक÷दुई दिनभित्रै पार्टी सरकारमा जाने बताएका हुन् ।

त्यस्तै उनले २ नम्बर प्रदेशको सरकार आफूहरुको कारणले नढल्ने समेत जिकिर गरेका छन् । २ नम्बर प्रदेशमा राजपा र फोरमलाई नै सरकार बनाउन जनताले मत दिएका हुन्, हामी जनमतको कदर गर्छौं, त्यसबाट दायाँबायाँ हुँदैनौं, हाम्रो कारणले सरकार ढल्दैन्, हामी असहयोग गर्दैनौं।’

फरक प्रसँगमा उनले आफ्नो पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरलाई प्रतिनिधि सभाको सभामुखको अफर गरे जिम्मेवारी वहन गर्न तयार रहेको पनि विश्वास दिलाएका छन् ।

तपाईको प्रतिक्रिया