अष्ट्रेलियाको महासभामा सहभागी हुन राप्रपा प्रवक्ता पाठक अष्ट्रेलिया प्रस्थान


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । सत्तारुढ लिबरल पार्टी अफ अष्ट्रेलियाको महासभामा सहभागी हुन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता भुवन पाठक आज अष्ट्रेलिया प्रस्थान गरेका छन् ।

सो पार्र्टी तथा राप्रपाबीच भगिनी सम्बन्ध छ । आगामी असार १ र २ गते हुने महासभामा प्रवक्ता पाठकले नेपालमा भएको राजनीतिक परिवर्तन, त्यसपछि निर्माण भएको संविधानका साथै स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचनबारे कार्यपत्र प्रस्तुत गर्ने बताइएको छ ।

भ्रमणका क्रममा त्यहाँस्थित एशिया प्यासिफिक डेमोक्याट्रिक युनियनको बैठकमा पनि नेता पाठकले सहभागिता जनाउने बताइएको छ । करीब ३० मुलुकको सहभागिता रहने महासभाको बैठक सकिएपछि असार ३ गते उनी स्वदेश फर्कने बताइएको छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State