इन्धनको मूल्यवृद्धिको विरोधमा नेविसंघले प्रधानमन्त्रीको पुत्ला जलायो


Share This


नेपालबहस संवाददाता    98 Views

काठमाडौं । इन्धनको मूल्य वृद्धिको विरोधमा अभियान अन्तर्गत नेपाल विद्यार्थी संघले प्रधानमन्त्रीको पुत्ला जलाएको छ । विपक्षी कांग्रेससम्वद्ध विद्यार्थी संगठन नेविसंघले मूल्यवृद्धिको विरोधमा आन्दोलन गर्दै आएको छ ।

तर, सरकारले नसुनेपछि प्रधानमन्त्रीको पुत्ला जलाइएको केन्द्रीय सदस्य सुशील भट्टले बताए । गोंगबु चोकमा भेला भएका नेविसंघका नेता कार्यकर्ताले नाराबाजी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका हुन् ।

तपाईको प्रतिक्रिया