नयाँ शक्ति पार्टीको दोस्रो स्थापना दिवसमा पदयात्रा


Share This


नेपालबहस संवाददाता    88 Views

काठमाडौं । नयाँ शक्ति पार्टीले दोस्रो स्थापना दिवसको अवसर पारेर युवाहरुको भेला आयोजना गरेको छ । राजधानीको एक पार्टी प्यालेसमा आयोजना गरिएको भेलामा पार्टी स्थापना दिवसको अवसर पारेर केक काटिएको छ ।

२०० सय पाउण्ड ( करिब ९१ किलो ) को केट काटेर कार्यक्रम शुरु गरिएको हो । पार्टी स्थापनाको अवसर पारेर नेपाली राजनीतिक दलहरुले काटेको सम्भवतः यो सबैभन्दा ठूलो केक हो । केक कार्यक्रममा सहभागीहरुलाई बाँडिएको छ ।

यसैबिच नयाँ बानेश्वर नजिकबाट शुरु भएको पदयात्रा बिजुलीबजार हुँदै बबहरमहलमा आएर समापन गरिएको सो पदयात्राको शुभारम्भ पार्टीका संयोजक एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराई गरेका थिए। पदयात्रामा मुलुकलाई समृद्ध बनाउनका लागि भ्रष्टाचारमुक्त समाज निर्माण, सामाजिक तथा आर्थिक रुपान्तरणका लागि विभिन्न सन्देश प्रचार गरिएको थियो ।

विभिन्न जाति, समुदायका सांस्कृतिक वेशभूषा तथा बाजागाजासहित सहभागीले उक्त यात्रामा रमाइलो गरेका थिए । पदयात्रामा केन्द्रीय नेतृत्वदेखि साधारण कार्यकर्तासम्म सहभागी थिए ।

विसं २०७२ जेठ ३० गते पूर्वप्रधानमन्त्री भट्टराईको संयोजकत्वमा उक्त पार्टी स्थापना भएको हो । स्थापना दिवसकै सन्दर्भमा सांस्कृतिक कार्यक्रम, शुभकामना आदानप्रदान, अन्तक्र्रिया तथा युवा भेला समेत गरिने बताइएको छ ।

तपाईको प्रतिक्रिया