बिम्स्टेक चौथो शिखर सम्मेलन आगामी भदौमा


Share This


नेपालबहस संवाददाता    60 Views

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक विकासका लागि बंगालको खाडीको प्रयास ( बिम्स्टेक) को चौथो शिखर सम्मेलन आगामी भदौ १४ र १५ गते आयोजना हुने भएको छ ।

बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले केही साताअघि शिखर सम्मेलनका लागि प्रस्ताव गरेको उक्त मिति सदस्य राष्ट्रले अनुमोदन गरेका हुन् । परराष्ट्र मन्त्रालयमा आज अपराह्न आयोजित नियमित पत्रकार सम्मेलनमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले भने , “शिखर बैठकका निम्ति नेपालले प्रस्ताव गरेको मितिप्रति सदस्य देशले सहमति जनाएका छन् ।”

सदस्य राष्ट्रका सरकार प्रमुख वा राष्ट्राध्यक्ष शिखर बैठकमा सहभागी हुनेछन् । सन् १९९७ मा स्थापना भएको उपक्षेत्रीय संगठन ( बिम्स्टेक) मा नेपाल, भारत, बंगलादेश, भूटान, म्यान्मा, थाइल्याण्ड र श्रीलंका सदस्य छन् ।

तपाईको प्रतिक्रिया