राजपा सात महिनादेखि संसदीय दलको नेताविहीन


Share This


नेपालबहस संवाददाता    54 Views

काठमाडौ । प्रतिनिधिसभाको निर्वाचन भएको करिब सात महिना हुन लाग्दा पनि राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल संसदीय दलको नेताविहीन भएको छ।

राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर बिरामी हुँदा राजपामा दलको नेता चयन नभएको राजपाका नेताहरूले जनाएका छन्। ठाकुर भारतमा उपचार गरी काठमाडौं फर्केको करिब डेढ महिना भइसकेको छ। काठमाडौंमा फर्के पछि पनि राजपाको संसदीय दलको बैठक एक पटक बस्न सकेको छैन।

आगामी असार ४गते राजपाको राजनीतिक समितिको बैठक बस्ने भएको छ। राजनीतिक समितिको बैठक पछि मात्र संसदीय दलको नेता चयन हुने राजपका नेताहरूले जनाएका छन्।

बैठकपछि दलका नेता चयन भएमा पनि दलका नेता चयन हुन अझै कम्तीमा एक साता लाग्ने बताइएको छ । राजपाका अध्यक्षमण्डका सदस्य अनिल झाले भने केही दिनमै राजपामा संसदीय दलको नेता चयन हुने बताए।

आगामी ६ महिनाभित्र महाधिबेशन गर्नुपर्ने कानुनी बाध्यता राजपालाई छ। संसदीय दलको नेतामा चुनिने व्यक्ति नै राजपाको महाधिवेशन पछि पार्टी अध्यक्ष हुने बलियो सम्भावना भएकोले पनि ठाकुर र महतो दुवैले दलको नेतामा चाहना राखेको स्रोतको भनाइ छ।

तपाईको प्रतिक्रिया