चीन भ्रमणका विषयमा ओलीले दुवै संघीय संसदलाई सम्बोधन गर्ने


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार दुवै संघीय संसदलाई छुट्टाछुटै सम्बोधन गर्ने भएका छन् । भोलीबाट हुने ओलीको छिमेकी मुलुक चिनको राजकिय भ्रमणको बारेमा जानकारी गराउन प्रधानमन्त्रीले दुवै संघीय संसदलाई सम्बोधन गर्ने भएका छन् ।

ओलीले समबोधन गर्ने भएपछि राष्ट्रीयसभाको बैठक सोमबार दिउसो २ बजे र प्रतिनिधिसभाको बैठक अपरान्ह ४ बजेको लागि बोलाइएको छ । प्रम ओलीले १३ वटा विषयमा सम्झौता हुने चिन भ्रमणका क्रममा भनेर यसअघि नै जानकारी गराइसकेका छन् ।

सहमति सम्झौताका विषयमा चीन भ्रमण बाट बढि आकाक्षा पालेको बर्तमान सरकारले विभिन्न जिल्लाका उत्तरी नाका संचालन, तातोपानी नाका, रेलमार्ग लगाएत चिनीया सरकारको सहयोगमा संचालनमा रहेको राष्ट्रिय गौरवको आयोजनाको छलफल तथा सहमतिको तयारी नेपाल सरकारले गरेको छ ।

चिन भ्रमणमा ओली गृह,परराष्ट्र,ऊजा तथा भौतिक मन्त्रीहरुसहित जब्बो टोली चिन प्रस्थान गर्दै छ ।

तपाईको प्रतिक्रिया
Road Show Real State