काँग्रेसमा व्यवस्थापन राम्रो भएमा पार्टी अझै बलियो हुने : नेता पौडेल


Share This

नेपालबहस संवाददाता    

चितवन । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीभित्र राम्रो व्यवस्थापन हुन नसक्दा काँग्रेसले पराजय भोग्नु परेको बताएका छन् ।पत्रकारहरुसँगको कुराकानीमा उनले नेपाली काग्रेसमा व्यवस्थापन राम्रो भएमा  पार्टी अझै बलियो बन्दै जाने बताए ।

पार्टी विधानअनुरुप चल्नु पर्नेमा जोड दिँदै नेता पौडेलले पार्टीलाई स्वच्छ, पारदर्शी ढङ्गले चलाउन र आन्तरिक लोकतन्त्र सुदृढ गर्नुपर्नेमा जोड दिए । मंगलबारदेखि हेटौँडामा हुने जिल्ला सभापतिहरुको भेलामा उनीहरूको विचारलाई समेटेर पार्टीलाई अघि बढाउन सहज हुने नेता पौडेलले बताए ।

यसैबिच,

नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको नेतृत्वले पार्टीलाई राम्रोसँग सञ्चालन गर्न नसकेको प्रमाणित गराएको बताए ।

उनीले नेतृत्वको कमजोरीका कारण पार्टीले निर्वाचनमा हार व्यहोर्नु परेको बताए । हेटौँडामा हुने सभापतिको भेलामा सहभागी हुन जादै गर्दा पौडेल र सिंहले चितवनमा कार्यकता भेटघाट समेत गरेका छन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State