राष्ट्रियसभा सदस्य कार्यकालको टुंगो लगाउने प्रक्रिया सुरु, कसको कति ‘हेर्नुस’


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । गोला प्रथाबाट राष्ट्रियसभा सदस्यको कार्यकाल टुंगो लगाउने प्रक्रिया सुरु भएको छ । संघीय संसद भवनको ल्होत्से हलमा राष्ट्रियसभा सदस्यहरु वर्णानुक्रम अनुसार गोला तान्न व्यस्त छन् ।

गृहमन्त्री रामबहादुर थापाको राष्ट्रियसभाको कार्यकाल ६ वर्षको हुने भएको छ । राष्ट्रियसभा सदस्यको टुंगो लगाउन भएको गोलाप्रथाको क्रममा थापाको कार्यकाल ६ वर्ष हुने टुंगो लागेको हो ।

बादल माओवादी केन्द्रको तर्फबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका छन् । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी तत्कालीन एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै,राष्ट्रियसभामा नेकपा संसदीय दलको नेता दिनानाथ शर्माको कार्यकाल भने चार वर्ष कायम भएको छ । यसैगरी कांग्रेस दलको नेता सुरेन्द्र पाण्डेको कार्यकाल भने दुई वर्ष कायम गरेको छ ।

जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य छन् । यसैगरी सुमन प्याकुरेल चार वर्ष र रमेश यादवको दुई वर्ष कार्यकाल तय भएको छ ।

यस्तै राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको कार्यकाल चार वर्ष हुने भएको छ । यसैगरी कांग्रेस प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल दुई वर्ष हुने भएको छ ।

राष्ट्रियसभा सदस्य कोमल ओलीको कार्यकाल चार वर्ष कायम भएको छ । गोला प्रथाबाट उनको कार्यकाल चार वर्षपछि सकिने टुंगो लागेको हो । प्रदेश ५ की कोमल ओली नेकपाबाट राष्ट्रियसभा सदस्य छिन् ।

५९ मध्ये १९ जनाको पदावधि २ वर्षको हुनेछ भने अन्य २० जनाको ४ वर्ष र २० जनाको ६ वर्ष गोलाप्रथाबाट तय हुनेछ ।

तपाईको प्रतिक्रिया
Road Show Real State