काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्ने नेत्री कोइरालाको जोड


Share This

नेपालबहस संवाददाता    

काठमाडौं । नेपाली काँग्रेस नेत्री सुजाता कोइरालाले महासमिति बैठक बोलाएर काँग्रेस तत्काल महाधिवेशनमा जानुपर्ने बताएकी छिन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उनले महासमिति बैठकमा आएका राय सुझावलाई समेटेर काँग्रेस चाँडो महाधिवेशनमा जानुपर्नेमा जोड दिएकी छिन् ।

हैकमवादी प्रवृत्तिले काँग्रेस चल्न नसक्ने भएकाले पार्टी भित्रको गुट–उपगुट समाप्त पार्ने नेतृत्व आवश्यक रहेको भन्दै उनले बिपी कोइरालाको विचारलाई अगाडि बढाउने व्यक्तिलाई नेतृत्व दिनुपर्नेमा बताइन् ।

नेत्री कोइरालाले स्थानीय तहसम्म पार्टी संरचना लैजानुपर्नेमा अहिलेसम्म पुग्न नसकेको भन्दै युवालाई तालीम दिएर संगठन निर्माण लाग्नु काँग्रेसको प्रमुख काम भएको उल्लेख गरिन् ।

चीन भ्रमणमा पूर्व सरकारले गरेका सन्धि सम्झौतालाई कार्यान्वयन गर्नेबारे यो सरकार लाग्नुपर्नेमा चर्चा गर्दै पूर्व उपप्रधान तथा परराष्ट्रमन्त्रीसमेत रहनुभएकी नेत्री कोइरालाले चीन र भारत दुवै नेपालका छिमेकी हुन्, दुवै देशसँग नेपालले समदूरी सम्बन्ध राख्नुपर्छ र चीन र भारत दुवैको समृद्धिको फाइदा नेपालले लिनुपर्ने बताइन् ।

तपाईको प्रतिक्रिया
Road Show Real State