प्रचण्ड पत्नी सीताको उपचार गर्न सिङ्गापुर प्रस्थान


Share This


नेपालबहस संवाददाता    46 Views

काठमाडौं । नेपाल कम्यनिस्ट पार्टी (नेकपा) दोस्रो अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

नेकपाका दोस्रो अध्यक्ष दाहाल पत्नी सीता र छोरी गंगा दाहालका साथ सिंगापुर आइतबार साँझ प्रस्थान गरेका हुन् । सीता दाहालको स्वास्थ्यमा समस्या देखिएपछि उपचारको लागि सिंगापुर प्रस्थान गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

सीतालाई सुगर, प्रेसर लगायतका समस्या छ । यसअघि उनलाई छोरी रेणु दाहालले उपचार गर्न नयाँदिल्ली लगेकी थिइन् ।

तपाईको प्रतिक्रिया