प्रचण्ड पत्नी सीतासहित आज फर्किँदै


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालसहित आज सिंगापुरबाट फर्किँदैछन् ।

पत्नी सीताको उपचार र डाक्टरको प्रत्यक्ष निगरानीमा औषधी खुवाउनुपर्ने भएपछि तीन दिन अघि एक सातासम्म सिंगापुरमै रहने बताइए पनि उनी आजै स्वदेश फिर्ता हुन लागेका हुन् ।

उनको अनुपस्थितिमा पार्टीका काम अघि नबढेपछि फर्किने निर्णय भएको पारिवारिक स्रोतले जनायो । प्रचण्ड ९ बजे राती सिल्क एयरबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछन् ।

तपाईको प्रतिक्रिया