भैरहवामा कांग्रेसको महासमिति बैठक गर्ने तयारी


Share This


नेपालबहस संवाददाता    

काठमाडौं। प्रमुख विपक्षी दल नेपाली कांग्रेसले महासमिति बैठक कहाँ गर्ने भनेर आन्तरिक रुपमा छलफल सुरु गरेको छ । स्रोतका अनुसार कांग्रेसले असार महिनाभित्रै महासमिति बैठक तोक्नेबारेमा तयारी गरेको छ ।

केन्द्रीय समितिको बैठकले भदौमा महासमितिको बैठक बोलाउने निर्णय गरेको थियो । बैठकको स्थान र मिति तोक्न अब केन्द्रीय समितिको बैठक बस्नुपर्ने छैन ।

कांग्रेस नेतृत्वको तयारीअनुसार आगामी भदौको अन्तिममा नभए असोजको पहिलो साता महासमिति बैठक बस्नेछ । ‘रुपन्देहीको भैरहवा वा काठमाडौंमध्ये एक ठाउँमा महासमितिको बैठक बस्ने तयारी छ । यसमध्ये भैरहवाको सम्भावना बढी रहेको एक नेताले बताए ।

स्थानीय तह, प्रदेश सभा र संघीय संसदमा निर्वाचनमा कम्युनिस्ट दलसँग पराजित भएपछि कांग्रेसमा नीति र नेतृत्वको विषयमा पुनर्समीक्षा गर्नुपर्ने विषय उठेका छन् ।

केन्द्रीय समितिको बैठकमा निर्वाचनमा भोगेको पराजयबारे समीक्षा नसकिएपछि यसबारे महासमितिमा समेत छलफल हुने गरी बैठक सकिएको थियो ।

तपाईको प्रतिक्रिया