गंगामायालाई भेट्न वीर अस्पतालमा नेपाली कांग्रेसका नेता केसी


Share This


नेपालबहस संवाददाता    

काठमाडौं । छोराका हत्यारालाई कार्वाही गर्न माग गर्दै अनसनमा बेसेकी गंगामाया अधिकारीलाई नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले भेटेका छन् ।

मानवअधिकारवादीको टोलीसहित आइतबार अपरान्ह वीर अस्पताल पुगेका केसीले आईसीयू कक्षमा गंगामायालाई भेटेका हुन् । गंगामायालाई भेट्न कनकमणि दीक्षित, चरण प्रसाईं, डा। केदार नरसिंह केसी, नेविसंघका महामन्त्री कुन्दनराज काफ्ले लगायत पुगेका थिए ।

उनको छोरा कृष्णप्रसादको २०६१ साल जेठ २४ गते अपहरणपछि हत्या भएको थियो । घटनाको जिम्मा तत्कालीन माओवादीले लिएको थियो ।

तपाईको प्रतिक्रिया