सिंगापुरबाट फर्किएलगत्तै राष्ट्रपतिसंग प्रचण्डको भेट


Share This


नेपालबहस संवाददाता    57 Views

काठमाडौं । । नेपाल कम्युनिष्ट पार्टी ‘ने क पा’ का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरिरहेका छन् ।

पत्नी सीता दाहालको उपचार गरि आइतबार राती मात्र फर्किएका प्रचण्डले त्यसको भोलीपल्टै राष्ट्रपति भण्डारीलाई भेट्न गएका हुन् ।पत्नी सीताको स्वास्थ्य अवस्था र समसामयिक राजनीतिबारे कुराकानी गर्न प्रचण्ड ३ बजे राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ ।

प्रधानमन्त्री एवं नेकपाका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग आजै विहान भेट गर्ने कार्यक्रम रहेपनि झरीका कारण चिसो बढेपछि भेटघाट सरेको छ । विहान ९ बजे ओली–प्रचण्डबीच भेटघाटको कार्यक्रम तय गरिएको थियो ।

विहान स्वास्थ्यमा थोरै समस्या देखिएपनि दिउँसो ठीक भएपछि राष्ट्रपति विद्यादेवी भण्डारीसँगको भेटघाट तय गरिएको हो ।प्रधानमन्त्रीको समय मिले राष्ट्रपति कार्यालयबाट फर्केपछि आजै भेट हुन सक्ने सम्भावना पनि छ । आज समय नमिलने भोलि विहान दुई अध्यक्षबीच भेट हुने बताइएको छ ।

पत्नी सीताको उपचारका लागि सिंगापुर गएका प्रचण्ड दुई हप्ता भन्दा लामो बसाईंपछि आइतबार राति काठमाडौँ फर्केका थिए ।

तपाईको प्रतिक्रिया