वाढी, पहिरो र डुवानबाट भएको क्षतिप्रति कांग्रेसद्वारा दुःख व्यक्त


Share This


नेपालबहस संवाददाता    54 Views

काठमाडौं । नेपाली काग्रेसले वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा भएको धनजनको ठूलो क्षतिप्रति द्वारा दुःख व्यक्त र उद्धार तथा राहतको कार्यमा सहयोग पु¥याउन विज्ञप्ती मार्फत आहन गरेको छ ।

केही दिनदेखिको परेको अविरल वर्षा पछि आएको वाढी, पहिरो र डुवानको कारणले देशका विभिन्न जिल्लाहरुमा धनजनको ठूलो क्षति भएको र जनजिवन अस्तव्यस्त भएको छ ।

नेपाली कांग्रेसका केन्द्रिय सचिव कुष्णपूसाद पौडेलद्धारा जारी विज्ञप्तीमा वाढी पहिरोबाट कैलाली, बाँके, सिन्धुली, रोल्पा, चितवन, पर्सा, महोत्तरी, सुनसरी लगायतका जिल्लाहरुमा डेढ दर्जन भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको तथा ठूलो संख्यामा मानिसहरु वेपत्ता र विस्थापित हुनका साथै कैयौं व्यक्तिहरु घाइते भएकोमा नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण पीडितहरुको यो संवेदनशीलताप्रति नेपाली कांग्रेसले

प्राकृतिक विपतको यस संवेदनशील घडीमा प्रभावित नागरिकको जीवन रक्षा, उद्धार र राहतको कार्यलाई प्रभावकारी रुपमा तत्काल संचालन गर्न तथा पीडितका परिवारलाई तत्काल अति आवश्यक सामाग्रीहरु— खाद्यान्न, लत्ता कपडा, भाडाकुडा, औषधी र अस्थायी बसोबासको यथाशीघ्र उचित प्रबन्धका लागि सरकारसँग नेपाली कांग्रेसले आग्रह गरेको छ ।

बाढी, पहिरो र डुवानका कारण क्षति भएका सडक, विद्यालय, पुलपुलेसा लगायत भौतिक पूर्वाधारहरुको यथाशीघ्र पुनर्निर्माणका लागि समेत गर्न सरकारसँग आग्रह गरेको छ ।

वाढी पहिरो प्रभावित सम्बन्धित जिल्लाका नेपाली कांग्रेस तथा भ्रातृ एवं शुभेच्छुक संस्थाका सबै निकायहरुले पार्टी, भ्रातृ एवं शुभेच्छुक संस्थाका साथीहरुलाई परिचालन गरी उद्धार, राहत र उचित बसोबासको व्यवस्था मिलाउने कार्यमा जुट्नका लागि नेपाली कांग्रेसले निर्देशन दिएको छ ।

तपाईको प्रतिक्रिया