संघीयताको सफल कार्यान्वयनको राजनीतिक प्रतिवद्धता : मुख्यमन्त्री राउत


Share This


नेपालबहस संवाददाता    

जनकपुरधाम । मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनको लागि राजनीतिक प्रतिबद्धता र कर्मचारीहरुको सर्वस्वीकार्यता आवश्यक रहेको बताएका छन् ।

जनकपुरमा आज आयोजित संक्रमणकालिन संघीयताको व्यवस्थापन विषयक कार्यशाला गोष्ठीको उद्घाटन सत्रलाई सम्बोधन गर्नु हुँदै उनले संघीयता कार्यन्वयन हुनेमा अझै केही यथास्थितिहरु विश्वस्त हुन नसकेको टिप्पणी गरेका छन् ।

लामो संघर्ष र बलिदानीले प्राप्त संघीयताको भविष्य प्रदेश नं.२को सफलतामा निर्भर रहेको बताउदै उहाँले संघीयताको सफल कार्यान्वयनको लागि आफुहरु जस्तो सुकै कदम उठाउन तैयार रहेको उल्लेख गरेका छन् ।

स्थायी सत्ता अर्थात व्युरोक्रेटले माथिबाट असहयोग गर्ने प्रयास गरि रहेको टिप्पणी गर्दै उहाँले फेरी पनि असहयोगको प्रयास भए आफुहरु करारमा कर्मचारी भर्ना गरेर प्रदेश चलाउन बाध्य हुने चेतावनी समेत दिएका छन् ।

समाजिक विकास मन्त्री नवल किशोर साहको अध्यक्षतामा भएको उद्घाटन सत्रमा आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, मुख्य न्यायधिवक्ता दिपेन्द्र झा, नीति आयोगका उपाध्यक्ष डा. हरिबंश झा, संघीय मामिला मन्त्रालयका उपसचिव रमेश अधिकारी सहितको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया