प्रदेशसभा बैठक : प्रदेश ४ को स्थायी राजधानी पोखरा तोक्यो


Share This


नेपालबहस संवाददाता    

कास्की । प्रदेश नम्बर ४ को प्रदेशसभा बैठकले प्रदेश ४ को राजधानी पोखरा तोकेको छ । बैठकले सर्वसम्मत रुपमा ४ नम्बर प्रदेशको राजधानी पोखरा तोकेको हो । ६० जना सांसदमध्ये बैठकमा ५२ जनाको उपस्थिति थियो ।

भोलिदेखि प्रदेशको नामाकरणको विषयमा छलफल गर्ने कार्यसूची छ । यसअघि गठित नामाकरण सिफारिस समितिले प्रदेशको नाम गण्डकी राख्ने प्रस्ताव गरेको छ । यसमा केही सांसदले मात्रै विरोध जनाएका छन् ।

तपाईको प्रतिक्रिया