गोविन्द केसी र गंगामाया लाई भेट्न कांग्रेसले ३ सांसद पठाउने


Share This


नेपालबहस संवाददाता    75 Views

काठमाडौं । नेपाली कांग्रेसले डा गोविन्द केसीको अनशनको अवलोकन गर्न तीन सांसदलाई जुम्ला पठाउने भएको छ । बुधबार बसेको संसदीय दलको बैठकले सांसदहरु प्रकाश रसाइली स्नेही, रंगमति शाही र दिनवन्धु श्रेष्ठलाई जुम्ला पठाउने निर्णय गरेको हो ।

उनीहरुले डा। गोविन्द केसीको अनशनमा ऐक्यवद्धता जनाउने र उनको अवस्थाबारे जानकारी लिने प्रतिनिधिसभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए । उनीहरु बिहीबार विहान त्यसतर्फ जानेछन् ।

कांग्रेसले छोराको हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै वीर अस्पतालमा आमरण अनशनमा रहेकी गंगामाया अधिकारीको अवस्था बुझ्न तीन सांसदलाई खटाएको छ । सांसदहरु पार्वता डिसी चौधरी, अमरेशकुमार सिंह र वेद तिमल्सिनाले दिउँसो ३ बजे गंगामायालाई भेट्ने नेता खाँडले जानकारी दिए ।

त्यस्तै कांग्रेसको बैठकले सरकारले निश्चित स्थानलाई मात्र प्रदर्शन र सभास्थल तोकेर अन्य क्षेत्रमा निषेध गरेकोमा विरोध गर्दै अविलम्ब फिर्ता लिन माग गरेको छ । त्यस्तै मूल्यवृद्धि फिर्ता लिन पनि माग गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार